२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


प्रदेश २ मा स्थगित एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए ।

चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिने बोर्डले यसअघि नै निर्णय गरीसकेको छ ।

२३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

गएराती आएको हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए व्यवस्थापन मिलाउन जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह गरेको छ ।