Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


लनटेनिस प्रशिक्षक बज्राचार्य चीन प्रस्थान


0
Shares

काठमाडौं, कात्तिक ११ । एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन लनटेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य बिहीबार चीनको गोन्झाव प्रस्थान गरेका छन् ।

अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा एसियाली क्षेत्रमा लनटेनिसको अझ कसरी विकास गर्ने, यु–१२ र यु–१४ उमेरसमूहका खेलाडीलाई कसरी विश्वस्तरीय बनाउन स्तरबृद्धि गर्ने, टिम गेमलाई कसरी मजबुत बनाउने भन्ने विषयमा ज्ञान दिइने प्रशिक्षक बज्राचार्यले जानकारी गराए ।

टेक्निकल, ट्याक्टिकल, ड्रिल, फिजिकल ट्रेनिङलगायतका विषयमा पनि जानकारी दिइने छ ।

यो कन्फ्रेन्समा लेभल– २ श्रेणीदेखि माथिका प्रशिक्षकमात्र सहभागी हुन पाउने छन् । नेपालमा वज्राचार्यसहित ३ जनामात्र लेभल– २ प्रशिक्षक छन् । बाँकी दुईमा कृष्णराज घले र शरद लामा हुन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ, एसियाली टेनिस महासंघ र चीन टेनिस संघको संयुक्त आयोजनामा हुन लागेको कन्फ्रेन्स युकेका सिमोन जोन्स, अस्ट्रेलियाका माइकल रोबर्टसन तथा आईटीएफका मिगुल क्रेस्पो र सुरेश मेननले सञ्चालन गर्नेछन् ।

वज्राचार्यलाई अखिल नेपाल लनटेनिस संघका महासचिव मनोहरदास मुल, कोषाध्यक्ष सञ्जय अमात्य, सदस्य निरेश श्रेष्ठलगायतका पदाधिकारीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

चीनबाट फर्केपछि कन्फ्रेन्सबाट आफूले सिकेको ज्ञानलाई बाँड्ने उद्देश्यले लनटेनिस संघको सहयोगमा दुई हप्ते निशुल्क क्याम्प सञ्चालन गर्ने प्रशिक्षक वज्राचार्यले जानकारी गराए ।