
चितवन, कात्तिक ११ । डेनमार्कमा कार्यरत नेपाली नागरिकले पेय पदार्थको बोतल बेचेर विपन्न विद्यार्थीका लागि सहयोग रकम जुटाएका छन् ।
‘अभियान नेपाल डेनमार्क’का अध्यक्ष शशि श्रेष्ठका अनुसार उनीहरुले बोतल बिक्री गरी रत्ननगरस्थित मङ्गलपुरका चेपाङ बालबालिकालाई रु १० हजार सहयोग गरेका छन् ।
एनआरएनका केन्द्रीय सदस्य सोमप्रसाद सापकोटामार्फत सो रकम चेपाङ बालबालिकालाई हस्तान्तरण गरिएको हो ।
यसअघि सो संस्थाले विभिन्न जिल्लाका ६० विपन्न बालबालिकालाई पठनपाठनका लागि सहयोग गरेको सापकोटाले बताए । ‘पेय पदार्थका बोतल सङ्कलन गर्छौं, एक बोतल बराबर रु १५ आउँछ, सोही रकम सङ्कलन गरेर विपन्न विद्यार्थीका लागि पठाउँछौँ,’ उनले भने । (रासस)
प्रतिक्रिया दिनुहोस्