२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु, एक घाइते


0
Shares

बर्दिया, कात्तिक ११ । विहीबार बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाइचोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको हो ।

बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

ट्रकचालक कैलाली जिल्लाको हसिनिया बस्ने धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस