२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त


0
Shares

काठमाडौं । गएराति आएको हावा हुरीबाट बारा र पर्सा जिल्लामा भएको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

सोमबार एक समवेदना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार साँझ हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका हुन् ।

सन्देशमा शाहले आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सन्देशमा पूर्वराजा शाहले ‘प्राकृतिक विपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितजनहरूमा समवेदना प्रकट गर्दछु ।

साथै घाईतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गर्दछु ।’ भनेका छन् ।