काठमाडौं, कात्तिक ११ । कानुन मन्त्रालयले नेपालको संविधान २०७२, पहिलो संशोधनसहित २८ ओटा विधेयक व्यवस्थापिका–संसदबाट पारित भएको जनाएको छ ।
विहीबार पत्रकार सम्मेलन गरी सो मन्त्रालयले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसहित २२ ओटा विधेयक राजपत्रमा प्रकाशित भइसकेको र आर्थिकलगायत ६ ओटा विधेयक राजपत्रमा प्रकाशित हुन बाँकी रहेको जनाएको हो ।
श्रम, सहकारी, सिँचाइ र विभिन्न आयोगसम्बन्धी ३९ ओटा विधेयक विचाराधीन रहेको पनि मन्त्रालय जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्