
काठमाडौं, कात्तिक ११ । राजधानीमा जारी रेडबुल फुटसल लिगमा बानेश्वर रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाई पराजित गरेको छ ।
बानेश्वरको ‘पिच’मा विहीबार भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन सञ्जय श्रेष्ठले ह्याट्रिक गरे ।
जितसँगै समूह ‘ए’मा बानेश्वरले ४ खेलबाट ७ अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत् विहीबारै भएको समूह ‘बी’को खेलमा कुमारी फुटसल र कीर्तिपुर फुटसलले ३–३ गोलको बराबरी खेलेका छन् ।
बराबरीसँगै कुमारीले ४ खेलबाट ७ अंक जोड्दा कीर्तिपुरको समान खेलबाट ४ अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्