
राजविराज, कात्तिक ११ । सप्तरीको राजविराजमा सम्पन्न मधेस प्रिमियर लिग ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गणपति क्रिकेट क्लब राजविराजले जितेको छ ।
विहीबार भएको फाइनल खेलमा गणपतिले मेसु लंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेसुले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनायो ।
१२८ रनको विजयी लक्ष्य गणपतिले १८ ओभर ३ बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । उसका लागि अमल दासले ४७, राजेश सिंह २१ र मेहबुब आलमले अविजित २० रन बनाए ।
विजेता गणपतिले ट्रफीसँगै नगद १ लाख १ हजार तथा उपविजेता मेसुले ५१ हजार रुपैयाँ हात पारे ।
विजेता तथा उपविजेता टिमलाई सद्भावना पार्टीका अध्ययक्ष राजेन्द्र महतोले पुस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्