
फाइल तस्वीर
रवि पन्त (इमेज)
भैरहवा, कात्तिक ११ । रुपन्देही जिल्ला प्रहरी कार्यालयले तिहारको अवसरमा पटका तथा अन्य पटकाजन्य पदार्थ बिक्री तथा विस्फोट गर्न रोक लगाएको छ ।
सो कार्यालयले विहीबार पत्रकार सम्मेलन गरी अवैधरुपमा नेपाल भित्र्याइएका २ लाख मूल्य बराबरका पटका नस्ट गरेको पनि जानकारी दिएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले तिहार वा छठपर्वको नाममा कुनैपनि विस्फोटक पदार्थ ओसार–पसार, बिक्री–वितरण एवं प्रयोग गर्न नपाइने बताए ।
अटेर गर्नेहरुलाई विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम जरिवाना तथा सार्वजनिक अपराध ऐन २०२७ बमोजिम कारबाही हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्