
काठमाडौं, कात्तिक ११ । चीन सरकारले आफ्नो देशबाट एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न तयार रहेको जनाएको छ ।
अरनिको समाजले विहीबार राजधानीमा गरेको कार्यक्रममा चीन सरकारअन्तर्गतको छात्रवृत्ति विभागका डेपुटी सेर्केटरी जनरल वाङ साङ काङले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
चीनमा एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली डाक्टरहरुलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको छैन ।
यस सम्बन्धमा चीन सरकार गम्भीर रहेको भन्दै वाङले यस सम्बन्धमा चीन र नेपालको शिक्षा मन्त्रालयबीच छलफल भइरहेको जानकारी दिए ।
उनले यस विषय चाँडै नै समाधान हुने विश्वास व्यक्त गर्दै चीन सदैव नेपाली विद्यार्थीहरुको पक्षमा रहेको पनि बताए ।
अरनिको समाजले पनि छात्रवृत्तिको व्यवस्थालाई व्यवस्थित गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्