प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक ११ । पोखरामामात्रै तिहारमा दुई करोड रुपैयाँ बढीको फूलको व्यापार हुने अनुमान गरिएको छ ।
पोखरामा कास्कीको स्थानीय उत्पादनदेखि स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, चितवन, धादिङ, काभ्रे र भारतबाट फूल भित्रिने फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले जनाएको छ ।
पोखरामा खपत हुने फूलमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत भारतीय ‘मेरीगोल्ड’ हुने अनुमान व्यवसायीको छ ।
तिहारमा सयपत्री, गोदावरी र मखमली फूल मुख्यरुपमा प्रयोगमा आउँछ । पछिल्लो समयमा प्लास्टिकका कृत्रिम फूलको प्रयोग पनि बढ्दो छ ।
गत वर्ष ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत भारतीय फूल पोखरा भित्रिएको थियो ।
कृषिप्रधान देशमा खाद्यन्नमात्र होइन, फूलमासमेत करोडौ रुपैयँ बाहिरिने गरेको भन्दै व्यवसायीहरुले सरकारले सहुलियतदरमा बीउ–बिजन र मलको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको फूल व्यवसायी पोखरा–बिरौटाकी मन्जीता भण्डारीले बताइन् ।
गत वर्ष तिहारमामात्र सयपत्री फूल बिक्री गरेर साढे तीन लाख आम्दानी गरेकी भण्डारीले यो वर्ष ५ लाख रुपैयाँ आम्दानी हुने विश्वास लिएकी छन् ।
कमसलखालको र सस्तोदरमा भारतीय फूल पोखरामा भित्रँदा आफ्नो फूलले मूल्य नपाउने चिन्तामा स्थानीय फूल व्यवसायी छन् ।









प्रतिक्रिया दिनुहोस्