२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


लोकमानको म्याद तामेलीमा असहयोगको आरोपीले दिए यस्तो लिखित जवाफ


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, कात्तिक ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीनजनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर खत्री, कामपा–१० का सचिव सरिता राई र खरिदार भेषराज अर्यालले आफूहरु निर्दोष भएको लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

उनीहरुलाई कार्कीको महाअभियोगको प्रस्ताव दर्ता गर्नुअगाडि कार्कीको निजी निवासमा म्याद तामेली नटाँसी फर्केको आरोपमा कारबाही प्रस्ताव गरिएको थियो ।

अदालतले उनीहरुलाई रु एक हजार जरिवाना र १५ दिन कैद सजायको प्रस्ताव गरेको थियो ।

यसअघि, न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही गर्नु नपर्ने भए सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । रासस