
काठमाडौं, कात्तिक १२ । नेपाली क्योकुसिन करातेका संस्थापक सिहान जगतप्रसाद गौचनले नयाँ मार्सल आर्टका रुपमा ‘बज्र’को प्रतिपादन गरेका छन् । नेपाल क्योकुसिन कराते डो संघ बज्रका अध्यक्षसमेत रहेका गौचनले सोबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।
फेस पन्चिङ समावेश घरेलु मार्सल आर्ट बज्रमा शरीरको हरेक भागमा हात र खुट्टाले प्रहार नहुँदासम्म पूर्ण भिडन्त मान्न नसकिने अध्यक्ष गौचनले जानकारी गराए ।
बज्रको अन्तर्राष्ट्रिय संस्था नेपालमै रहने बताइएको छ । दुई वर्षभित्र विभिन्न राष्ट्रमा शाखा विस्तार गर्ने योजना बनाएको संघले चार वर्षभित्र विश्व च्याम्पियनसिप आयोजना गर्ने जानकारी गरायो ।
प्रतिक्रिया दिनुहोस्