Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधन नभए छठपछि आन्दोलन : महतो


0
Shares

राजविराज, कात्तिक १२ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन् ।

सप्तरीको राजबिराजमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म कार्यान्वयन नभए मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हुने चेतावनी दिए ।

संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिने उनको भनाइ थियो ।

सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत प्रष्ट पारे । (रासस)

Skip This