विराटनगर, कात्तिक १२ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेकै अवस्थामा संविधान संशोधन गरे मुलुक बर्बादीतर्फ धकेलिने दावी गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले संविधान संशोधनभन्दा पनि अहिले कार्यान्वयनको चरणमा लानु पर्नेमा जोड दिए । संविधान चाँडो संशोधन गर्दा कार्यान्वयनमा समस्या आउने भन्दै उपाध्यक्ष गौतमले मधेशी दलले संविधान संशोधनको बहानामा देशलाई बर्बादीतर्फ धकेल्न खोजेको आरोप लगाए ।
उपाध्यक्ष गौतमले भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सरकारले सार्वजनिक बिदा दिनु चाकरीको पराकाष्ठा भएको टिप्पणी गरे ।









प्रतिक्रिया दिनुहोस्