काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल इङ्गलिश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।
गएराती भएको खेलमा लिभरपुलले टोटनह्यमलाई २–१ ले हरायो ।
खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले पहिलो गोल गर्दा टोटनह्यामकै टोबी अल्डरवेराल्डले एक आत्माघाति गोल गरे ।
पराजित टोलीका लागि लुकास मौराले एक गोल फर्काएका थिए ।
गएराती नैं भएको अर्को खेलमा चेल्सीले कार्डिफ सिटीलाई २–१ ले पराजित गर्यो ।
प्रतिस्पर्धात्मक खेदलमा चेल्सीका लागि रुबेन लोफ्टस चिकले ईन्जुरी समयमा निर्णायक गोल गरे ।
यसअघि कार्डिफका भिक्टर कामारासाले पहिलो गोल गरेका थिएभने चेल्सीका सिजर अज्पीलीक्वेटाले बराबरी गोल गरेका थिए ।
गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७७ अंकसहित दोस्रो स्थानमा झरेको छ ।








प्रतिक्रिया दिनुहोस्