२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


तिहारमा पनि बन्दीको मुद्दा सुनुवाइ हुने


0
Shares

काठमाडौं, कात्तिक १२ । सर्वोच्च अदालतले तिहारको बिदामा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ ।

तीन दिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहारपर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

सो अवधिमा सर्वोच्च अदालतसहित मातहातका अदालतहरुमा पनि बन्दीको मुद्दामा सुनुवाइ हुनेछ ।

शनिबार र भाइटीकाको दिनबाहेक अरु दिन अदालत खुल्ला रहनेछ ।

सर्वोच्च अदालतले सो अवधिमा मुद्दा हेर्नका लागि न्यायाधीश सपना मल्ल प्रधानलाई तोकेको छ । रासस