
काठमाडौं, कात्तिक १२ । परराष्ट्रमन्त्री प्रकाशशरण डा. महतले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकमा दुई देशबीचको सम्बन्ध र समग्र सहयोगकाबारेमा समीक्षा भएको बताएका छन् ।
विगतमा भएका सन्धि–सम्झौता कार्यान्वयनमा आफूले जोड दिएको पनि मन्त्री महतले जानकारी गराए ।
परराष्ट्रमन्त्री महतले केही कानुनी प्रावधान परिमार्जन गरी विद्युत् व्यापारलाई सहजीकरण गर्नेबारेमा पनि छलफल भएको बताए ।
भारतको नयाँदिल्लीमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भइ स्वदेश फर्कनेक्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग मन्त्री महतले नेपालको पर्यटन प्रवद्र्धन गर्न भारत सकारात्मक रहेको बताए ।
दुई देशबीचको सीमा थप व्यवस्थित गर्ने, बाढीप्रभावित क्षेत्रको दुईपक्षीय संयन्त्रद्वारा अनुगमन गर्नेबारे पनि दुबै राष्ट्र सकारात्मक रहेको.मन्त्री महतले जानकारी गराए ।
बैठकमा महाकाली सडक र सिँचाइको डीपीआर छिटो तयार गर्ने, हुलाकीसडकको पहिलो चरणको काम छिट्टै सकाइ दोस्रो चरणको काम सुरु गर्ने सहमति पनि भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्