२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


जापानी धर्मगुरुसहितको टोलीद्धारा भूकम्पमा निधन भएकाहरुको सम्झनामा शान्तिपाठ


0
Shares

काठमाडौं, कात्तिक १२ । विश्व शान्तिको कामना गर्दे जापानी धर्मगुरुसहितको टोलीले काठमाडौंको बौद्धमा शान्तिपूजा गरेका छन् ।

हिन्दू र बौद्धधर्म मान्ने जापानी गुरु हारादा आयातोसीको टोलीले शुक्रबार बौद्धको ध्यान गुम्बामा पूजा गरेको हो ।

भूकम्पबाट क्षतिग्रस्त बौद्धस्तुपा निर्माण सम्पन्न भएको अवसरमा सो पूजा आयोजना गरी भूकम्पमा निधन भएकाहरुको सम्झनामा शान्तिपाठ गरिएको थियो ।

जापानको कोची साइबाट आएको ५३ जनाको टोलीले शनिबार र आइतबार धुलिखेलमा नेपालको समृद्धिका लागि प्रकृति र लक्ष्मीको श्रीसुस्त पूजासमेत गर्ने जनाइएको छ ।