२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


बाघ महोत्सव सकियो


0
Shares

कन्चनपुर, कात्तिक १२ । कन्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बाघ संरक्षणका लागि आयोजना गरिएको प्रथम बाघ महोत्सव शुक्रबार सम्पन्न भएको छ ।

‘लोपोन्मुख प्रजातीका बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गरौं’ भन्ने नाराका साथ कात्तिक ९ गतेबाट महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा बाघको बासस्थान विस्तार, चोरी–सिकारी नियन्त्रण, बाघको अंग तस्करी नियन्त्रण तथा जंगली जनावर र मानवबीचको द्वन्द्व घटाउनेलगायतका चेतनामूलक कार्यक्रममा जोड दिइएको थियो ।

शुक्लाफाँटा आरक्षमा हाल रहेका १७ ओटा पाटेबाघलाई २०२२ सम्म दोब्बर बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ ।