
काठमाडौं, कात्तिक १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बृहत रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल लायन्स क्लब अफ काठमाडौं र विमान उडान सन्चालन संघले संयुक्तरुपमा गरेको रक्तदानमा सर्वसाधारणलगायत विमानस्थलका पदाधिकारीको सहभागिता थियो ।
रक्तदानमा झन्डै दुई सयजनाले रक्तदान गरेका थिए । यसैगरी, निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्