Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


रजनी विजयी


0
Shares

काठमाडौं, कात्तिक १२ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘ए’को खेलमा रजनी फुटसल विजयी भएको छ ।

रजनीले ह्वाइटहर्स फुटसललाई ३–१ ले पराजित गर्‍यो । ह्वाइटहर्सको ‘पिच’मा भएको खेलमा रजनीलाई विजयी गराउन सुमन कार्कीले २ गोल गरे । यस्तै, रोसन केसीले १ गोल थपे ।

प्रतियोगताअन्तर्गत् शुक्रबारै भएको समूह ‘बी’को खेलमा हरिसिद्धि फुटसल र ताहाचल फुटसलले ३–३ गोलको बराबरी खेलेका छन् ।

खेलमा ताहाचलका लागि सुजित बुढाथोकीले ह्याट्रिक गरे ।