
काठमाडौं, असार २४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले विगतका प्रमुख कार्यकारी निर्देशकको तुलनामा आफूले पुनर्निर्माणमा उल्लेख्य काम गर्न सफल भएको दावी गरेका छन् ।
गत साता सरकारले पदमुक्त गरेपछि आइतबार पत्रकार सम्मेलन गरी भुसालले आफू प्राधिकरणको नेतृत्वमा आएपछि गरेको १४ बुँदे प्रगति विवरण सार्वजनिक गरे ।
भुसालले आफूले पुनर्निर्माणमा उल्लेख्य काम गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवादसमेत नदिई पदबाट हटाएकोमा गुनासो गरे ।
भूकम्प पीडितलाई २ प्रतिशत ब्याजमा रकम र सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गर्न नसकेको भन्दै उनले पछुतो लागेको बताए ।
गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालिन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै भुसाल पनि पदमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्