
चितवन, कात्तिक १२ । संकटा क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
चितवनको क्याम्पाचौरमा शुक्रबार भएको सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो ।
संकटालाई विजयी गराउन निराजन खड्का र असिमजंग कार्कीले एक–एक गोल गरे । कमजोर प्रदर्शन गरेको मनाङका लागि विदेशी खेलाडी ओलावालेले एक सान्त्वना गोल फर्काए ।
अब संकटाले उपाधिका लागि आगामी आइतबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
यसअघि, विहीबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्