२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु


0
Shares

भीमदत्तनगर, कात्तिक १३ । इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट शुक्रबार राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ ।

पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिई घाइते बनाएको थियो । उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नम्बर र चालक प्रहरीको बारे विस्तृत विवरण खुलाएको छैन । घटनाबारे थप अनुसन्धान गर्न जिप्रकाबाट प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ । (रासस)