
काठमाडौं, कात्तिक १३ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) सात खेल हुँदैछन् ।
पहिलो खेलमा नेपाली समयअनुसार बेलुकी सवा ५ बजे सन्डरल्यान्ड र आर्सनल भिड्दैछन् ।
यस्तै, राति पौने ८ बजे म्यानचेस्टर युनाइटेड र बर्नले, मिडल्सब्रो र एफसी बोर्नमाउथ, टोटनह्याम हट्स्पर र लेस्टर सिटी, वार्टफर्ड र हल सिटी तथा वेस्टब्रोमविच आल्बियन र म्यानचेस्टर सिटी भिड्दैछन् ।
प्रतियोगिताअन्तर्गत् शनिबार राति सवा १० बजे क्रिस्टल प्यालेस र लिभरपुल खेल्दैछन् ।
जारी लिगमा ९औं चरणका खेल सकिँदासम्म समान २० अंक जोडेका म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल अंकतालिकामा क्रमशः पहिलो, दोस्रो तथा तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्