
काठमाडौं, कात्तिक १३ । स्पेनिस लिग लालिगा फुटबलमा शनिबार (आज) राति अंकतालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले आल्भेससँग खेल्दैछ ।
आल्भेसको मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुने छ ।
यस्तै, राति सवा १० बजे अर्को दाबेदार एथ्लेटिको मड्रिडले घरेलु मैदानमा मालागाको सामना गर्नेछ ।
ला लिगाअन्तर्गत् शनिबारै राति साढे १२ बजे हुने खेलमा साविक विजेता बार्सिलोनाले घरेलु मैदानमा ग्रानाडासँग खेल्दैछ ।
जारी लिगमा शीर्ष स्थानको रियल मड्रिडले ९ खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट २० अंक जोडेको सेभिया दोस्रो स्थानमा छ ।
९ खेलबाट १९ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको एथ्लेटिको मड्रिड पाँचौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्