२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


उपाध्याय र पौड्याल राजदूत नियुक्त, उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा


0
Shares

काठमाडौं, कात्तिक १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

त्यसैगरी, गुल्मी, बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस