२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सिन्धुलीमा जंगली हात्तीको आतंक


0
Shares

सिन्धुली, कात्तिक १४ । सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रको रानीबास क्षेत्रमा जंगली हात्तीले स्थानीय बासिन्दाका घर भत्काउन थालेको छ ।

धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने कमला नदीको किनारबाट सिन्धुलीको कमलाखोंच क्षेत्रमा प्रवेश गरेका जंगली हात्तीले रातको समयमा मानव बस्तीमा आतंक मच्चाउने गरेको छ । आतंक मच्चाउन थालेपछि स्थानीय प्रशासनले हात्ती आतंकविरुद्ध सिन्धुलीको कमलाखोंच र चुरेवन क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

साल र सिसौंको जंगल भएको जिल्लाको कमलाखोंच र चुरे वन क्षेत्रमा विगत वर्षहरुमा समेत भारत हुँदै नेपालको पूर्वी क्षेत्रबाट आउने हात्तीको हुलले आतंक मच्चाएर स्थानीयको ठूलो धनजनकोे क्षति गराउँदै आएको थियो ।