काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो खेल्न गएका संचारकर्मीसँग उनले संविधानलाई सहमतिको आधारमा छिट्टै संशोधन गरिने बताए ।
संविधान कार्यान्वयन अझै पनि चुनौतिपूर्ण रहेको भन्दै उनले संविधान संशोधनपछि मधेशी मोर्चाका सबै माग सम्बोधन हुने दाबी पनि गरे । राष्ट्रिय हितका लागि सबै दल एकतावद्ध हुनुपर्ने उनको भनाइ थियो ।
सरकारले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनको समेत तयारी थालिसकेको प्रधानमन्त्री दाहालले बताए ।









प्रतिक्रिया दिनुहोस्