२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


नेपाली फुटबल टोलीको बिदाइ, पहिलो प्रतिद्वन्द्वी टिमोर लिस्टे


0
Shares

काठमाडौं, कात्तिक १४ । आगामी बुधारबदेखि सुरु हुने एएफसी सोलिडारिटी कप खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आइतबार मलेसिया प्रस्थान गर्दैछ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता खेल्न जाने टोलीको बिदाइ गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित अरु ७ एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘ए’मा नेपाल, ब्रुनाइ र टिमोर लिस्टे रहेका छन् । यही समूहमा रहेका बंगलादेश र पाकिस्तानले प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि समूह ‘ए’मा तीन टोलीमात्र बाँकी रहेका हुन् ।

यस्तै, समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आगामी शुक्रबार टिमोर लिस्टेको सामना गर्नेछ भने कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ ।

एन्फाले यसअघि नै प्रतियोगिताका लागि अनिल गुरुङको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ ।