
काठमाडौं, कात्तिक १४ । फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आइतबार काठमाडौंमा देउसी–भैलो कार्यक्रम गरेको छ ।
समूह स्थापनको २०औं वर्षगाँठको अवसर पारेर गरिएको देउसी–भैलो कार्यक्रम वरिष्ठ फोटो पत्रकार राजभाइ सुवालको मैतिदेवीस्थित निवासमा गरिएको हो ।
त्यस समूहका पदाधिकारी तथा राष्ट्रिय कलाकारहरुले सामूहिकरुपमा देउसी–भैलो खेलेका थिए ।
देउसी–भैलो कार्यक्रममा करिब दुई दर्जन फोटो पत्रकार तथा कलाकाहरुको सहभागिता रहेको थियो ।
राजनीतिक दलहरुबीच सहमति र सहकार्यको वातावरण बनाउन तथा परम्परालाई जीवित राख्न देउसी–भैलो कार्यक्रम आयोजना गरिएको एनएफपीजेका अध्यक्ष ध्रुव आलेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्