२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आर्मीलाई हराउँदै संकटाले जित्यो उपाधि, निराजन खड्काको ह्याट्रिक


0
Shares

                                                              फाइल फोटो

चितवन, कात्तिक १४ । संकटा क्लबले चितवनमा सम्पन्न टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

संकटाको जितमा तीनै गोल निराजन खड्काले गरे । उनले खेलको १०औं, पहिलो हाफको अतिरिक्त समय र ८१औं मिनेटमा गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे ।

निराजन खड्का खेलको ‘म्यान अफ द म्याच’समेत घोषित भए ।

आर्मीले भने एउटा अवसरकोरुपमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन ।

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।