२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


घर लिप्नेक्रममा करेन्ट लागेर महिलाको मृत्यु


0
Shares

मोरङ, कात्तिक १४ । मोरङको गोविन्दपुरमा आइतबार अपराह्न घर लिप्नेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

गोविन्दपुर–५ केरन्ज बस्ने अन्दाजी ४६ वर्षीया कालीदेवी महतोको घर लिप्नेक्रममा नांगो तार छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान १० बजे करेन्ट लागेर गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए । रासस