१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


अन्तर्राष्ट्रिय फुटबल खेलमा विस्फोट गराउने प्रयास असफल तुल्याइएको दाबी


0
Shares

जेद्दा, कात्तिक १५ । साउदी अरेबियाको पश्चिमी शहर जेद्दामा भएको एक अन्तर्राष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको छ । तर बम विस्फोट गराउने प्रयास असफल पारिएको साउदी अरबका अधिकारीले जनाएका छन् ।

विश्वकप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)बीच अक्टोबरमा भएको खेलको क्रममा लडाकुले रंगशालामा कार बम राखेका थिए ।

यस्तै रियादमा विद्रोही संगठन इस्लामिक स्टेट आइएसका लडाकुले बनाएको बम विस्फोटको अर्को योजना पनि असफल पारेको सरकारी अधिकारीले जनाएका छन् ।

यस क्रममा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार साउदी अरेबियाका तथा दुई पाकिस्तानी, एक सिरियाली र एक जना सुडानका नागरिक छन् । आइएस लडाकुले गएको दुई वर्षदेखि साउदी अरेबियामा आक्रमणको प्रयास गर्दै आएका छन् । (एजेन्सी)