Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


तिहारमा प्रयोग हुने कृषि उपजको उचित मूल्य नपाएको किसानको गुनासो


0
Shares

बुटवल, कात्तिक १५ । रुपन्देहीका किसानले तिहारका लागि चाहिने फूल, माला, बिमिरो, ओखर, चिउरीका पातलगायतका बस्तुको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

गाँउघरमा उत्पादित तिहारका लागि अत्यावश्यक सामग्री र मसलाहरु बिक्रीका लागि बुटवल ल्याए पनि बिचौलियाको बिगबिगीले सामानको न्यून मूल्यसमेत नपाएको उनीहरुको गुनासो छ ।

थोक ब्यापारका नाममा केही ब्यक्तिले तिहारका सामान बुटवलको हाट बजार झार्नासाथ खोसाखोस गरेर लैजाने तर भाउ भने अत्यन्तै कम दिने गरेको उत्पादक किसानको गुनासो छ । पाल्पा, गुल्मी, स्याङ्जा तथा अर्घाखाँचीका गाँउगाउँबाट किसानले तिहारका लागि चाहिने विभिन्न फूल तथा बिमिरो, ओखर, चिउरीका पात लगायतका सामान बिक्रीका लागि बुटवल बजार ल्याउने गर्छन् । तर बिचौलिया र सीमित ब्यापारीको एकाधिकारले सामानको भाडा र लागतसमेत पाउन हम्मेहम्मे पर्ने गरेको किसानको भनाइ छ ।

किसानले गाउँबाट ल्याएका ती सामग्री बुटवलमा जम्मा पारेर ब्यापारीले भने महँगो मूल्यमा स्थानीय बजारका अलावा भैरहवा, नारायणघाट, दाङ्ग, तथा काठमाडौसम्म पु¥याउने गरेका छन् ।