२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


स्वागतद्वार र राष्ट्रिय झन्डाले सजिँदै काठमाडौं


0
Shares

काठमाडौं, कात्तिक १५ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौंका मुख्यस्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मुख्यसहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो ।

स्वागतद्वारमा अंग्रेजीमा ‘भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा हार्दिक स्वागत छ’ लेखिएको छ ।

विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशालालगायतका स्थानमा स्वागतद्वार बनाइएको छ ।

सहरमा सरसफाइ, रङरोगन र व्यानर राख्नेक्रम जारी छ । झन्डा राख्ने कामको संयोजन नेपाली सेनाको पल्टनले गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दै छन् । रासस