
फाइल फोटो
काठमाडौं, कात्तिक १५ । यो वर्षको भाइटीकाको उत्तमसाइत कात्तिक १६ गते (मंगलबार) मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
भाइटीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साइतमै टीका लगाउनेहरुका लागि ११ बजेर ५२ मिनेट जाँदा टीका लगाउनु उपयुक्त हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
मंगलबार (भोलि) दिनभर जतिबेला टीका लगाएपनि फरक भने नपर्ने उनले बताए ।
आफ्नै निवास छाउनीमा सोमबार हामीसँग कुरा गर्दै गौतमले टीका लगाइदिने दिदीबहिनीले पूर्वदिशामा फर्कने र टीकाथाप्ने दाजुभाइ पश्चिम दिशामा फर्केर टीका लगाउनु उत्तम हुने बताए ।
तिहार पर्वले पशुपक्षी तथा मानिसबीच सामिप्यता बनाउने तथा दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने भएकाले पनि यो पर्वको विशेष महत्व रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्