
भीमदत्तनगर, कात्तिक १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कन्चनपुरको झलारी–कलुवापुर सडकखन्डमा सोमबार साँझ बसबाट खसेर सशस्त्र प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ ।
ना६ख ४६७५ नम्बरको बसबाट खसेर सशस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत् सशस्त्र प्रहरी जवान शंकरसिंह धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
बसको ढोकामा उभिएका धामीको चस्मा बाटोमा खसेपछि गुड्दै गरेको बसबाट हामफालेर चस्मा लिन जानेक्रममा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्