१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


बंगलादेशमा हिन्दू धर्मावलम्बीका घर र मन्दिरमा आक्रमण


0
Shares

ढाका, कात्तिक १६ । बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बीका घरहरुमा आक्रमण तथा आगजनी गरिएका छन् ।

फेसबुकमा इस्लाम विरोधी पोष्ट गरेको भन्दै आक्रोशित जमातले हिन्दूका घर र मन्दिरलाई निशाना बनाएका हुन् ।

ब्रह्मणबरिया जिल्लाको नासिरनगरमा रहेका हिन्दू समुदायको घर र मन्दिरमा मुस्लिम समुदायका आक्रोशित भीडले आक्रमण गरेको हो । प्रहरीका अनुसार कम्तिमा २० घरमा आगजनी गरिएको छ भने दश हिन्दू मन्दिरमा आगलागी गर्नुका साथै त्यहाँको सम्पत्ति लूटपाट गरिएको छ ।

हिन्दू समुदायका मानिसलाई कुटपिटसमेत गरिएको छ । मुस्लिम बहुल बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि यस्ता आक्रमण यसअघि पनि हुने गरेको थियो ।

फेसबुकमा एक हिन्दू युवाले मुसलमानको धार्मिकस्थलको बारेमा आपत्तिजनक सामाग्री पोष्ट गरेपछि यो घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले फेसबुकमा आपत्तिजनक सामाग्री पोस्ट गर्ने युवकलाई पक्राउ गरेको छ । (एजेन्सी)