पाल्पा, कात्तिक १६ । अर्गानिक कफीको माग विदेशमा बढ्दै गएपछि पाल्पाका किसानले कफी खेतीको उत्पादन बढाउन थालेका छन् ।
पाल्पामा हालसम्म ७० समूहमा झण्डै २ हजार किसान कफी खेतीमा लागेका छन् । बौघा पोखराथोक, मदनपोखरा, तानसेन नगरपालिकाको वडा नं ९, ज्यामिरे, सत्यवती लगायत ४० गाउँमा व्यवसायिक रुपमा कफी खेती हुँदै आएको छ ।
यसवर्ष उत्पादित कफी विदेश निर्यात गरेर करिब ४० लाख रुपैयाँ जिल्लामा भित्रिने लक्ष्य रहेको कफी व्यवसायी बताउँछन् । कफी खेती गर्ने किसानलाई ढुवानी सुविधा, गबारो रोग नियन्त्रण र संकलन केन्द्रको स्थापनामा सहजता ल्याउनुपर्ने किसानको माग छ ।
कफी खेतीबाट पाल्पाका किसानले २५ हजारदेखि ३ लाखसम्म वार्षिक रुपमा आम्दानी गर्दै आएका छन् । पाल्पामा उत्पादित कफी थाइल्याण्ड, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलुकमा निर्यात हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्