
काठमाडौं, कात्तिक १६ । इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा स्टोकले स्वान्सी सिटीलाई ३–१ ले हरायो । स्टोकको जितमा स्वान्सीका पूर्व खेलाडी विलफ्रेड बोनीले दुई गोल गरे ।
यस्तै स्वान्सीका अलफी ओवसनले आत्मघाती गोल गरे । स्वान्सीका लागि वेन रुटलेजले एक गोल गरे ।
जितपछि १० खेलबाट १२ अंक जोडेको स्टोक १२ औं स्थानमा उक्लिएको छ । समान १० खेलबाट पाँच अंकमात्रै जोडेको स्वान्सी पुछारबाट दोस्रो स्थानमा छ । स्वान्सीले लिगमा अहिलेसम्म एक खेल पनि जितेको छैन ।
प्रतिक्रिया दिनुहोस्