२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


0
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ–६ भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बा १६ च २२०७ नम्बरको जीप आज सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सोलुखुम्बुबाट काठमाडौं आउँदै थियो ।

मृतकको सनाखत हुन सकेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।