
काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा जोड दिएकी छन् ।
मंगलबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएपछि सन्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गरेर मुलुकलाई निकास दिनुपर्ने बताइन् ।
नेपालीको मुख्य चाड तिहारको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।
त्यसअघि राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइ फलफूल तथा उपहार प्रदान गरेकी थिइन् ।
राष्ट्रपतिका भाइले पनि राष्ट्रपति भण्डारीलाई टीका लगाइ उपहार प्रदान गरेका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्