पाँचथर, कात्तिक १६ । ७६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर-परिवार विस्थापित हुने भएका छन् ।
पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ ।
परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।
यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत् परियोजनाको विद्युत्गह तथा कावेली ‘ए’ जलविद्युत् परियोजना पनि डुबानमा पर्नेछन् ।
तमोर जलशाययुक्त जलविद्युत् परियोजना सरोकार समितिका संयोजक तथा पूर्वसांसद वसन्तकुमार नेम्वाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुर्याइनेछ ।
परियोजनाबाट प्रभावित हुनसक्ने घर–परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत् विवरण सर्भेक्षणपछिमात्रै आउने नेम्वाङले बताए । रासस









प्रतिक्रिया दिनुहोस्