१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


‘आइएस आत्मसमपर्ण गर्नू, नत्र मर्न तयार रहनू’


0
Shares

काठमाडौं, कात्तिक १६ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले इस्लामिक स्टेट (आइएस)का लडाकुलाई आत्मसमपर्ण गर्न आग्रह गरेका छन् ।

इराकको मोसुल सहरबाट आइएसलाई धपाउनेक्रममा चलाइएको अभियानका क्रममा प्रधानमन्त्री अबादीले आइएस कार्यकर्तालाई ‘हतियार बिसाइ आत्मसमपर्ण नगर्ने हो भने मृत्युको मुखमा पुग्न तयार रहन’समेत चेतावनी दिए ।

मोसुल सहरमा इराकी सेना चारैतर्फबाट घेरा हाल्ने तयारीमा रहेको भन्दै प्रधानमन्त्री अबादीले आइएससँग आत्मसमपर्ण गर्नेबाहेकको कुनै उपाय नरहेको दाबीसमेत गरे ।

इराकको मोसुल सहरमा कब्जा जमाइबसेका आइएस कार्यकर्तालाई धपाउन इराकी–अमेरिकी नेतृत्वको गठबन्धन सेनाले विगत केही सातादेखि अभियान जारी राखेको छ । (एजेन्सी)