
संखुवासभा, कात्तिक १६ । संखुवासभाको मादी, मुलखर्कबजारमा आगोलागीबाट सात घर जलेर नस्ट भएको छ ।
मंगलबार दिउँसो १ बजेपछि लागेको आगोले स्थानीय मोहानमणि दाहाल, नरेन्द्र गुरुङ, भुवनप्रसाद जिमी, सुरेस जिमी, कुलबहादुर जिमी, रामबहादुर जिमी र दीपक जिमीको घरमा क्षति पुगेको छ ।
आगोलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
आगोलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडालगायत किराना पसलका सामनसमेत जलेर नस्ट भएका छन् ।
तिहारको रोटी पकाएर छाडेको आगो सल्किएर आगोलागी भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्