फाइल फोटो
रुकुम, कात्तिक १६ । ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढंगले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुुपरेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र रुकुमले मंगलबार रुकुमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवासमेत गरे ।
कार्कीले ‘राज्यलाई नै आतंकित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाइ आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो । रासस









प्रतिक्रिया दिनुहोस्