१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


भारत–पाकिस्तान तनाबः पाकिस्तानबाट बम र गोली, ६ भारतीय मारिए


0
Shares

श्रीनगर (भारत), कात्तिक १६ । भारत–पाकिस्तानको व्यापारिक सीमाक्षेत्र कास्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसाधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारत अधिनस्थ कास्मिरको रामगढ ग्रामीण इलाकामा पाकिस्तानी सेनाले बम र गोली प्रहार गर्दा दुईजना बालबालिकासहित चारजनाको मृत्यु भएको प्रहरी अधिकारी जोगिन्दर सिंहले बताए भने जिल्ला प्रशासक पवन कोतवालका अनुसार कास्मिरकै रजौरी ग्रामीण इलाकामा पनि पाकिस्तानी सेनाको गोली प्रहारबाट दुई महिलाको मृत्यु हुनाको साथै कम्तीमा अरु ९ जना घाइते भएका छन् ।

हालैका केही हप्ताहरुमा कास्मिर सीमाक्षेत्रमा फेरि भारतीय र पाकिस्तानी सैनिकबीच तनाब चुलिँदै गएकाले बारम्बार गोली हानाहानका घटनाहरु दोहोरिइ दुबैतर्फका सर्वसाधारण नागरिकहरु निशानामा परिरहेका र विपक्षीले नै पहिला गोली छाडेको भनी एक–अर्काबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।

दुबै पक्षबीच धेरै पहिला नै छलफल र सहमति भइ निर्धारण गरिएको ‘नियन्त्रण रेखा’ (लाइन अफ कन्ट्रोल)को बिन्दूले कास्मिरलाई दुई खन्डमा विभाजन गरेको छ ।

सो नियन्त्रण रेखा रक्षार्थ भारत र पाकिस्तान दुबैतर्फका सेनाहरु तैनाथ गरिएका छन् ।

तैनाथ गरिएका सेनालाई सहयोग गर्न आ–आफ्ना देशबाट छुट्टै सीमासुरक्षा बल (अर्धसैनिक दस्ता वा प्यारामिलिटरी ट्रूप्स) पनि खटिएका छन् ।

यसरी खटिएका सुरक्षाकर्मीहरुले भारततर्फ भारत–अधिनस्थ कास्मिर र पाकिस्तानतर्फ पन्जाब प्रान्तअन्तर्गत् पर्ने कास्मिर क्षेत्रपट्टिको सीमारेखाको निगरानी गर्छन् ।रासस/एपी