१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


भारत–पाकिस्तान सीमामा ‘क्रस फायर’, शुक्रबार यता २४ जनाको मृत्यु


0
Shares

जम्मू, कात्तिक १७ । भारत र पाकिस्तानको सीमावर्ती काश्मिरमा केही दिनदेखि जारी गोलीबारीमा २४ जनाको मृत्यु भएको छ ।

सीमा पारीबाट भएका गोलाबारीका लागि भारत र पाकिस्तानले एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।

गत शुक्रबार यता कम्तिमा २४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् । मारिनेमा सर्वसाधारण तथा बालबालिकासमेत रहेको बताइएको छ ।

मंगलबारमात्रै पाकिस्तानी पक्षले गरेको आक्रमणमा भारतका ८ सर्वसाधारण मारिएको भारतीय अधिकारीहरुले बताएका छन् । यसअघि सोमबार भारतीय सेनाको आक्रमणमा ६ जना पाकिस्तानी नागरिक मारिएको दाबी पाकिस्तानले गरेको थियो ।

सीमावर्ती क्षेत्रमा जारी आक्रमणले काश्मिरमा मानवीय संकट पैदा गरेको अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । (एजेन्सी)